काठमाडौं । राजनीतिक विश्लेषक डा. सुन्दरमणि दीक्षितले गठबन्धनले मुलुकलाई अस्तव्यस्त बनाएको बताएका छन् । सुनौलो नेपालसगँंको कुराकानीमा डा. दीक्षितले केपी शर्मा ओलीको पालामा त बरु विकास भएको थियो तर गठबन्धनको सरकारले मुलुकलाई अस्तव्यस्त बनाएको बताएका हुन् ।
‘ओलीको पालामा बरु विकास भएको थियो । तर यो सरकारले त केहि पनि गरेन ।’ उनले भने– ‘ओलीले रेल ल्याउँछु भनेका थिए जनकपुरमा रेल आयो, पानी जहाज कुदाउँछु भन्यो कम्तिमा अफिस त खोल्यो । सवैभन्दा राम्रो धरहरा बनायो । हामीले जति गाली गरेपनि ओलीले काम त गरेका थिए । तर गठबन्धन त खत्तम रैछ ।’ उनले भने ।
अहिलेको गठबन्धन कायम रहे कांग्रेस ध्वस्तहुने ठोकुवा गर्दै उनले भने ‘माधव नेपालका लागि गठबन्धन जरुरी छ । माओवादीका लागि गठबन्धन जरुरी छ । उनीहरुलाई चुनाव जिवन मरणको अवस्था जस्तो भैरक्यो । तर यो गठबन्धनले कांग्रेस खत्तम बनाउँछ ।’
रेनु दाहालले भरतपुरमा रामो काम गरेको भन्दै विश्लेषक डा. दीक्षितले भरतपुर महानगरपालिकामा रेनु आफ्नै क्षमताले लड्नुपर्ने बताए ।
‘रेनु दाहाल मतपत्र च्यातेर गलत ढंगबाट आईन तर मेयर भएपछि राम्रो काम गरेकी छन् । उनले भने–‘रेनुले किन प्रचण्ड पुत्री भएर ,देउवाको पात्र भएर चुनाव लड्ने ? आफ्नै क्षमताले रेनु चुनाव लड्नुपर्छ ।’
डा दीक्षितले एक्लाएक्लै चुनाव लड्दा नेपालमा एमाले र कांग्रेसबीच मात्रै प्रतिस्पर्धा हुने बताए ।
पुरा भिडिओ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् :