logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै

    सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै

    3.1K
    Shares

    काठमाडौं । आज बिहान ९ बजे पनि भागबन्डाको विषयलाई टुंग्याउन प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्दैछ । समितिका सदस्य तथा जनमोर्चा नेता हिमाल पुरीका अनुसार आज बस्ने बैठकबाट सिटको बाँडफाँडबारे निर्णय हुने सम्भावना छ ।

    स्थानीय तहको निर्वाचन आउन एक महिना पनि बाँकी छैन । ३० वैशाखमा हुन लागेको निर्वाचनका लागि आयोगले दलहरूलाई ११ र १२ वैशाखमा मनोनयन गर्न भनेको छ ।

    मनोनयन दर्ता गर्न ६ दिन मात्र बाँकी रहँदा दलहरूले सबै ठाउँमा उम्मेदवारको टुंगो भने लगाइसकेका छैनन् । विशेष गरी सत्ता गठबन्धनले उम्मेदवारको टुंगो लगाउन ढिलाइ गरिरहेको छ ।

    उसले चासोका साथ हेरिएको महानगरपालिका र उपमहानगरपालिकामा समेत उम्मेदवार छान्न सकिरहेको छैन । सिटको भागबन्डामा सहमति जुट्न नसक्दा गठबन्धनलाई उम्मेदवार छान्न सकस भइरहेको हो ।

    गठबन्धनको शीर्ष दल नेपाली कांग्रेसले तीन महानगर र दुई उपमहानगरपालिकामा दाबी गरेको छ । उसले काठमाडौं, ललितपुर, विराटनगर महानगरपालिका र धनगढी तथा बुटवल उप–महानगरपालिकामा दाबी गरेको हो ।

    त्यस्तै, नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासँगै धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उप–महानगरपालिका पाउनुपर्ने दाबी गरिरहेको छ । अर्को सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले पोखरा महानगरसहित इटहरी, हेटौंडा र तुलसीपुर उप–महानगरपालिकामा दाबी गरेको छ ।

    जसपाले वीरगञ्ज महानगरपालिकासहित धरान, जनकपुरधाम र नेपालगञ्ज उपमहानगरपालिका पाउनुपर्ने अडान कायकै राखेको छ । भागबन्डाको विषय टुंग्याउन गठबन्धन दलका शीर्ष नेताहरूबीच निरन्तर छलफल भइरहेको छ । तर, उनीहरूबीच सहमति जुट्न सकेको छैन ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend