काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साँझसम्म महानगर बाँडफाँड टुंगो लगाउने बताएका छन् । काठमाडौंमा आज (सोमबार) पत्रकार सम्मेलन गर्दै उनले साँझसम्म महानगर बाँडफाँड टुंगो लगाउने बताएका हुन् ।
अध्यक्ष दाहालले गठबन्धनमा सिट बाँडफाँडबारे सहमति हुन लागेको जानकारी दिए । आज साँझ बस्ने बैठकले निर्णय गर्ने उनको भनाइ छ । सत्तारुढ गठबन्धनबीच महानगर र उपमहानगरपालिकाको बाँडफाँडबारे निरन्तर छलफल भइरहेको छ ।