काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा जीत निकालेको छ । सोमबार राति भएको खेलमा राजस्थानले कोलकत्ता नाइट राइडर्समाथि ७ रनको रोमान्चक जीत निकालेको हो ।
राजस्थानले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको कलकत्ताले १९ ओभर ४ बलमा अलआउट हुँदै २ सय १० रन मात्र बनाउन सक्यो ।
यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २ सय १७ रन जोडेको थियो ।