logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • महानगरपालिका र उपमहानगरपालिकामा निर्वाचनको चुनावी तालमेल गर्ने विषयमा सहमती जुटन सकेन

    महानगरपालिका र उपमहानगरपालिकामा निर्वाचनको चुनावी तालमेल गर्ने विषयमा सहमती जुटन सकेन

    2.9K
    Shares

     

    काठमाडौं । सत्तारुढ पाँच दलबीच महानगरपालिका र उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको चुनावी तालमेल गर्ने विषयमा सोमबार पनि सहमती जुटन सकेन । सत्तारुढ नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाबीच महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेलका लागि गरिएको दिनभरको प्रयास असफल भएको हो ।

    तर धेरै ठाउँमा सहमती नजिक पुगिएको र त्यसलाई अन्तिम रुप लिन भोली (मंगलबार) साँढे ११ बजे पुनः बैठक बोलाइएको काँग्रेस नेता समेत रहनु भएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका वडा समेतको वस्तुगत स्थितिको बारेमा आफूहरुबीच व्यापक छलफल भएको र भोली त्यसलाई अन्तिम रुप दिने सहमति गरिएको पनि बताए ।

    भोली चुनावी तालमेलको विषयमा निर्णय हुने र त्यसलाई आफूले सञ्चार माध्यामबाट नै सार्वजनिक गर्ने सञचारमन्त्री कार्कीको भनाई छ । उनले भने, ‘चुनावी तालमेलका बारेमा हामीले गम्भिरतापूर्वक छलफल गरेका छौं । र सहमतीको नजिक हामी पुगेका छौं । भोली साँढ बजे पनि सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा यसरी नै बैठक बस्नेछ । र, मलाई विश्वास छ–भोली योयो ठाउँमा यसरी सहमती भयो भनेर जानकारी गराउन सक्दछु । समग्रमा हामी सबै ठाउँमा सहमतीको नजिक पुगेका छौं । र, यसर्लाइ अन्तिम रुप दिनका निमित्त भोली बैठक बस्दैछौ । धेरै ठाउँमा सहमतीको नजिक पुगेका छौं । सकारात्मक ढंगले अघि बढनुपर्छ भन्ने कुरामा गठबन्धनका सबै नेताहरु सहमत हुनुहुन्छ । महानगर ६ वटा उपमहानगरपालिका ११ वटा गरेर १७ वटा छन । ती सबै ठाउँमा हामीले बस्तुगत रुपमा नै छलफल गरेका छौं । र, यो छलफल सकारात्मक छ । र, भोली हामी यसलाई अन्तिम रुप लिएर भोली म सार्वजनिक गर्नेछु ।’

    बैशाख ३० गते स्थानीय तहका निर्वाचन सम्पन्न हुँदैछ । सत्तारुढ गठबन्धनले भने चुनावी तालमेल गरेर उम्मेदवार उठाउने सहमति गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend