logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • देउवाले बेलुकासम्म निर्णय आउँछ मान्न तयार हुनुहोला भन्नुभयो मैले भने ‘सक्दिन’ : कांग्रेस चितवन जिल्ला सभापति

    देउवाले बेलुकासम्म निर्णय आउँछ मान्न तयार हुनुहोला भन्नुभयो मैले भने ‘सक्दिन’ : कांग्रेस चितवन जिल्ला सभापति

    4.3K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवन जिल्लालाई निर्णय सच्याउन आग्रह गरेका छन् ।
    चितवनका जिल्ला सभापति राजेश्वर खनाललाई सोमबार प्रधानमन्त्री देउवाले बालुवाटार बोलाएर भरतपुर माओवादीलाई दिनुपर्ने भएकाले जिल्लाको निर्णय सच्याउन भनेका थिए ।

    चितवन जिल्लाले महानगरमा आफ्नै उमेदवार अघि सार्ने निर्णय गर्दै उमेदवारहरुको नामावली पनि सिफारिस गरिसकेको छ । ‘उहाँले बोलाउनुभयो, पार्टी सभापतिले बोलाएपछि म नआउने कुरा भएन । मैले महानगरपालिका र जिल्ला कार्यसमितिको निर्णय र चितवन कांग्रेसको धारणा स्पष्टसँग राखेँ ।

    उहाँले तपाईंहरुको निर्णय बदल्नुप¥यो भन्नुभयो । तालमेल गर्ने भनेपछि सबै आफैंले मात्रै लिने भन्ने हुँदैन भन्नुभयो । मैले जवाफमा कार्यकर्ताको भावना विपरीत मैले निर्णय गर्न सक्दिनँ भनेँ ।’

    सभापति देउवाले चितवन, काठमाडौं र विराटनगरमध्ये एक माओवादीलाई दिनुपर्ने भएकाले चितवन दिनुपर्ने अवस्था आएको बताएका थिए । ‘माथिल्लो निकायले निर्णय गरेपछि तल्लो निकायको स्वतः खारेज हुन्छ, तपाईंहरुले यहीँबाट जे निर्णय गर्ने हो गर्नुहोस्, चितवनबाट हुँदैन भनिदिएँ,’ उनले भने, ‘केन्द्रीय समितिको निर्णय मान्ने मेरो दायित्व हो मैले मान्छु ।

    तर जिल्ला सभापतिको रुपमा एक्लै जिल्लामा थाम्न सक्ने अवस्था छैन भनेर भनेँ । बेलुकासम्म निर्णय आउँछ मान्न तयार हुनुहोला भन्नुभयो । मैले सक्दिन भन्दै बिदा भएँ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend