काठमाडौं । सत्ता गठबन्धनको बैठक बुधबार पुनः बस्दैछ । गएराति अबेरसम्म चलेको बैठकले पनि वैशाख ३० गतेको चुनावमा भागबण्डाको विषयमा अन्तिम निर्णय लिन नसकेपछि बुधबार बिहान ११ बजे पुनः बैठक बस्ने भएको हो ।
सत्ता गठबन्धन दलमा विशेषगरी महानगर र उपमहानगरको विषयमा सहमति करिब जुटिसकेको बताइएको छ। अन्य विषयमा पनि सहमति जुटाउन होमवर्क चलिरहेको नेताहरुको भनाइ छ ।