काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यभार पुनस् सम्हाल्न लागेका छन् । सरकारले उनलाई निलम्बन गरेको आदेशलाई सर्वोच्च अदालतले कार्यान्वयन नगर्न भनेपछि बुधवारबाट नेपाल राष्ट्र बैंककाका गभर्नर अधिकारीले आफ्नो कार्यभार पुनस् सम्हाल्न लागेका हुन् ।
उनले आज (बुधवार) बिहान सङ्क्षिप्त कुरा गर्दै आफूले आफ्नो जिम्मेवारी दत्तचित्त भई पूरा गर्ने बताएका छन् ।
यो अन्तरकालीन आदेश हो । मेरो निवेदनमाथि अन्तिम फैसला हुन अझै बाँकी छ । त्यसैले अहिले मैले धेरै बोल्न भएन । मेरा नियमित काम र प्राथमिकताका कुराहरूलाई अघि बढाउँछु, उनले भने ।