काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले एमाले सिध्याउन खोज्नेको इतिहासमा दर्दनाक अन्त्य भएको बताएका छन् । सुनौलो नेपालसँगको कुराकानीमा नेता बास्कोटाले यस्तो बताएका हुन् । गठबन्धनको देश बनाउने उद्देश्य नभई एमाले सिध्याउने उद्देश्य मात्रै लिएका कारण गठबन्धन आफै सिद्धिने उनले बताए ।
विकासका कार्यक्रममा राज्यबाट आफुले धेरै ठाउँमा वजेट हान्देको (विनियोजन) गरेको तर मिडियाले आफुप्रति गलत व्याख्या गरेको उनले दुखेसो गरे ।
‘एउटै परियोजनामा २ अर्व २२ करोड हान्देकै हो । मेरो नगरमा १ अर्व १६ करोड हान्देकै हो । एउटै बाटोमा १ अर्व ४५ करोड र १ अर्व ६८ करोड हान्देकै हो । अर्को बाटोमा ७८ करोड हान्देकै हो ।’ उनले भने ।
नेकपा एमाले प्रवेश गर्नेको लहर चलेको भन्दै नेता बास्कोटाले अब केपी शर्मा ओलीले हेलिकप्टरबाटै आशिर्वाद दिनुपर्ने बताए ।
‘अहिले नेकपा एमाले प्रवेश गर्नेको लहर नै चलेको छ ।’ उनले भने– ‘अबत ओलीले हेलिकप्टरबाट आशिर्वाद दिएर हिड्नुपर्ने अवस्था आयो । किनकी टिका लगाईदिँदा लगाईदिदाँ केपी ओलीको हात गलिसक्यो ।’
पुर्व मन्त्री समेत रहेका बास्कोटाले माधव कुमार नेपाल र प्रचण्ड पतन हुन लागेको टिप्पणी गरे । ‘माकुने र प्रचण्डको भागमा पराजय पराजय पराजय, पतन पतन पतन, विसर्जन विसर्जन विसर्जन परेको छ ।’ उनले भने– ‘प्रचण्ड नेपाली समाजको काउछो हो । जस्ले बोक्यो त्यसको गर्धन चिलाएको चिलाई गर्छ ।’
पुरा भिडिओका लागि यहाँ क्लिक गर्नुहोस् :