logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • आजको मौसम: पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन–चट्याङसहित वर्षाको सम्भावना

    आजको मौसम: पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन–चट्याङसहित वर्षाको सम्भावना

    2.9K
    Shares

    काठमाडौं । हाल नेपालमा विहार र पश्चिम बङ्गालमा आसपास रहेको न्यून चापीय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश १ का साथै देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।

    महाशाखाका अनुसार आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। गण्डकी प्रदेश, बागमती तथा प्रदेश १ का थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन–चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। त्यस्तै शनिबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend