logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • पार्टीको उम्मेदवार नभएको क्षेत्रको मतपत्रमा चुनाव चिन्ह नराख्न प्रचण्डको माग

    पार्टीको उम्मेदवार नभएको क्षेत्रको मतपत्रमा चुनाव चिन्ह नराख्न प्रचण्डको माग

    4.7K
    Shares

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीको उम्मेदवार नभएको स्थानको मतपत्रमा चुनाव चिन्ह नराख्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ ।

    माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले आयोगले उम्मेदवार नभएका ठाउँमा समेत चुनाव चिन्ह राख्न लागेकाले आफूहरुले त्यस्तो नगर्न निवेदन दिएको जानकारी दिए ।

    आयोगबाट त्यसको जवाफ आइनसकेको ढकालको भनाइ छ । सत्ता गठबन्धनमा रहेर चुनावी तालमेल गरेकाले कतिपय स्थानमा माओवादी केन्द्रका उम्मेदवार हुने छैनन् ।

    उम्मेदवार नै नभएको स्थानमा चुनाव चिन्ह राख्न नहुने माग माओवादी केन्द्रको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend