logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • कांग्रेस र एमाले पनि हतियार उठाएरै राजनीतिमा आएको हो : ओली

    कांग्रेस र एमाले पनि हतियार उठाएरै राजनीतिमा आएको हो : ओली

    4.3K
    Shares

    काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले कांग्रेस र एमालेले पनि हतियार उठाएर राजनीतिमा आएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले राणा शासन अन्त्यका लागि कांग्रेस पनि हतियार उठाएको र एमाले पनि हतियार उठाएरै राजनीतिमा आएको बताएका हुन् ।

    ‘नेपाली कांग्रेस पनि स्थापना हुँदा बल प्रयोग गरेर राणा शासन उल्ट्याउने नीतिका साथ स्थापना भएको थियो । नेपाल कम्युनिस्ट पार्टी पनि बल प्रयोगद्वारा राज्यसत्ता प्राप्त गर्ने र न्यायोचित समाज स्थापना गर्ने नीतिका साथ स्थापना भएको थियो । २००७ सालमा कांग्रेसले हतियार उठाएको हो, हामीले पनि हतियार उठाएका हौँ सात सालमा,’ ओलीले भने ।

    तानाशाह व्यवस्थाका बेला स्थापना भएका पार्टीले तानाशाह व्यवस्था उल्ट्याउन हतियार उठाएको ओलीको भनाइ छ । तर, तानाशाही नभएका बेला, शान्तिपूर्ण ढंगले संवैधानिक बाटोबाट परिवर्तन सम्भव भएका बेला हिंसाको बाटो अपनाइन्छ भने त्यो उग्रपन्थ हुने र यसले क्रान्तिलाई टाढा भगाउने अध्यक्ष ओलीले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend