एजेन्सी । उत्तरी अफगानिस्तानको कुन्दुज सहरमा रहेको सुफी मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिका समेत रहेका छन् ।
यसैगरी ४३ जना घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। नमाज पढ्ने बेलामा विस्फोट भएको अधिकारीहरूले जनाएका छन्।
विष्फोटको पछाडि कसको हात रहेको भन्ने अझै खुल्न सकेको छैन। तर, यसको पछाडि आफूलाई इस्लामिक स्टेट भनिने चरमपन्थी संगठनको हात हुनसक्ने अनुमान गरिएको छ ।