logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • भरतपुर महानगरपालिकामा एमाले र राप्रपाबीच तालमेल

    भरतपुर महानगरपालिकामा एमाले र राप्रपाबीच तालमेल

    8.4K
    Shares

    चितवन – भरतपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच तालमेल हुने भएको छ ।

    शनिबार बसेको एमाले सचिवालयको बैठकले भरतपुर मेयरमा विजय सुवेदी र उपमेयरमा खाली राखेको थियो ।

    एमालेले मेयर र राप्रपाले उपमेयर लिएर तालमेल गर्ने विषयमा सहमती जुटेको र अब केहीबेरमा राप्रपासंग सम्झैता सार्वजानिक हुने एमाले चितवनका अध्यक्ष राम प्रसाद न्यौपानेले सुनौलो नेपाललाई जनाकारी दिए ।

    तालमेलका विषयमा एमालेको नेतृत्व स्तरमै राप्रपा उपाध्यक्ष विक्रम पाण्डेले छलफल गरेका थिए ।

    चितवन एमालेसंगको सहमतिको लगभग टुंगिएको राप्रपा चितवनले समेत पुष्टी गरेको छ। राप्रपाले ‘उपमेयरसहित केही वडाध्यक्ष साथका एमालेसँग तालमेल गर्ने सहमती गरेको छ ।

    उपमेयर कस्लाई बनाउने भन्ने बारे अहिले राप्रपामा छलफल भइरहेको छ । भरतपुर महानगरमा राप्रपाको राम्रै प्रभाव छ । पूर्वमन्त्री तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेको निर्वाचन क्षेत्र भएका कारणले पनि यहाँ राप्रपा बलियो शक्तिको रुपमा छ ।

    गत स्थानीय तहको निर्वाचनमा पनि राप्रपाका उम्मेदवारले सम्मानजनक मत प्राप्त गरेका थिए । यसपटक राप्रपाले १० हजार बढि मतदाता आफ्नो रहेको दावी गर्दैै आएको छ ।

     


    सगुन चपाई
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend