काठमाडौं । नरसिंह व्यञ्जनकार स्थानीय तहको आगामी चुनावका लागि उम्मेदवारी दर्ता गराएका छन् । २०२९ सालदेखि लगातार स्वतन्त्र उम्मेदवारका रूपमा वडाध्यक्षमा निर्वाचित भएका नरसिंह व्यञ्जनकार स्थानीय तहको आगामी चुनावका लागि पनि उम्मेदवारी दिएका हुन् ।
८१ वर्षीय व्यञ्जनकारले आइतबार ललितपुर महानगरपालिका वडा नम्बर १० को अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । उनले ललितपुर–१० को वडाध्यक्षमा
पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराएका हुन् । उनले वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको यो ११ औँ पटक हो ।