logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • पोखराका ११ वडामा मात्रै काँग्रेसले उम्मेदवार टुंग्यायो, २२ वडामा अझै अन्योल

    पोखराका ११ वडामा मात्रै काँग्रेसले उम्मेदवार टुंग्यायो, २२ वडामा अझै अन्योल

    4.2K
    Shares

    काठमाडौं । नेपाली काँग्रसले पोखरा महानगरपालिकाका ११ वटा वडामा मात्र उम्मेदवार टुंग्याएको छ । पोखरामा कुल ३३ वटा वडा रहेकामा २२ वटा वडामा उम्मेदवार टुंग्याउन बाँकी छ ।

    तर, मनोनयन दर्ताको आज अन्तिम दिन हो । काँग्रेसलाई गठबन्धनका कारण उम्मेदवार टुंग्याउन सकस परेको छ ।

    काँग्रेसले पोखरा १ मा सीता गुरुङ, ४ मा देवकृष्ण पराजुली, ८ मा शारदा गिरी, ९ मा दीपेन्द्र मर्सानी, १० मा राजकुमार गुरुङलाई वडाध्यक्षको टिकट दिएको छ ।

    पोखरा ११ मा प्रेम कर्माचार्य, १२ मा सन्तोष बाँस्तोला, १३ मा किरण बराल, १७ मा देवराज आचार्य, १८ मा शिव तिमिल्सिना र २० मा महेन्द्र अधिकारीलाई उम्मेदवार बनाइएको छ । क्षेत्रीय समिति बैठकले उम्मेदवार टुंग्याएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend