पोखरा – नेकपा (एमाले) ले पोखरा महानगरपालिकाको मेयरमा सुन चोरेको आरोप लागेका दीपक पौडेलको टिकट खोसिएपछि पोखरेलीमा खुसियाली छाएको छ।
शनिवार बसेको एमाले सचिवालय बैठकले पौडेललाई टिकट दिने निर्णय गरेपछि एकाएक पौडेलले सुन चोरेको भिडियो फुटेज सार्वजनिक भएपछि पोखरेली एमालेमा निराशा छाएको थियो।
सार्वजनिक आलोचना भएपछि भएपछि नैतिक दबाबमा परेको एमाले नेतृत्वले उनको टिकट खोसेर अन्तत कृष्ण थापालाई दिएको छ ।
शनिवार सचिवालय बैठकको निर्णय लगत्तै आइतवार एउटा पसलबाट सुनको गहना निकालेर खल्तीमा हालेको सिसीटीभि फुटेज भाइरल भएपछी एमाले उनको टिकट खोस्न बाध्य भएको हो ।
मेयरको टिकट पाएका थापा २०५४ सालमा पनि पोखराको मेयर भएर काम गरेका ब्यक्ति हुन् । २०७० मा भने कास्की २ बाट संघीय चुनावमा पराजित भएका थिए ।
उनी हाल गण्डकी प्रदेश सभा सदस्य समेत हुन्। त्यस्तै उपमेयरमा भने पुनः मन्जु गुरुङ नै उम्मेदवार बनेकी छिन् ।
थापा र गुरुङ दुवैजना नेकपा एमालेका केन्द्रीय सदस्य समेत हुन् ।