logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • बागलुङमा वडातहसम्मै पाँच दलीय गठबन्धन मिलेर जाने सहमति

    बागलुङमा वडातहसम्मै पाँच दलीय गठबन्धन मिलेर जाने सहमति

    3.1K
    Shares

    काठमाडौं । बागलुङमा पाँच दलीय गठबन्धन मिलेर जाने सहमति भएको छ । लामो समयको छलफल र कसरतपछि गठबन्धनको भागबन्डा टुङ्याइएको छ । स्थानीयतहदेखि जिल्ला समन्वय समितिसम्म दलहरुले भागबन्डा मिलाएका छन् । लगातार चार दिनसम्म भएको छलफलबाट जिल्ला समन्वय प्रमुख राष्ट्रिय जनमोर्चा र उपप्रमुख नेकपा (एकीकृत समाजवादी)लाई दिने सहमति समेत भएको छ ।

    बागलुङका चार नगरपालिकामध्ये बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा प्रमुख नेपाली कांग्रेस, जैमिनी नगरपालिकामा प्रमुख राजमो र ढोरपाटन नगरपालिकाको प्रमुख माओवादी केन्द्रलाई दिने सहमति भएको छ ।

    यस्तै छ गाउँपालिकामध्ये काठेखोला, बडिगाड, निसी र तमानखोलाको अध्यक्ष नेपाली कांग्रेस, ताराखोलाको अध्यक्ष माओवादी केन्द्र र बरेङको अध्यक्ष राजमोले पाउने सहमति भएको छ ।

    गठबन्धनले उपप्रमुख तथा उपाध्यक्ष बागलुङ नगरपालिका, गलकोट नगरपालिका, निसिखोला गाउँपालिकामा माओवादी केन्द्र, जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाकामा राष्ट्रिय जनमोर्चा, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका र बरेङ गाउँपालिकामा नेपाली कांग्रेस र तमानखोला नेकपा ९एकीकृत समाजवादी०ले पाउने भएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend