काठमाडौं । नेपाली कांग्रेसले तीन महानगरपालिकाको उपमेयर उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेसका एक पदाधिकारीका अनुसार भरतपुरको उपमेयरमा चित्रसेन अधिकारीलाई उम्मेदवार बनाएको छ ।
वीरगञ्जको उपमेयरमा इम्तियाज आलम र पोखरा महानगरको उपमेयरमा कोपिला रानाभाटलाई टिकट दिएको छ ।
सत्तारुढ दलहरुबीच भागवन्डा गर्दा भरतपुर महानगरको मेयर माओवादी केन्द्र, वीरगञ्जको मेयर जनता समाजवादी पार्टी र पोखराको मेयर एकीकृत समाजवादीले पाएको थियो ।