काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि देशभर धुमधामसँग उम्मेदवारी दर्ता गरिएको छ । गाउँपालिकाको वडा सदस्यदेखि महानगरपालिकाको मेयरसम्मले बाजागाजा तथा जुलुससहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका छन् ।
आयोगले उम्मेदवारी दर्ता गर्नका लागि वैशाख ११ र १२ गतेको समय तोकेको थियो ।