चितवन । चितवनमा दुई सदस्य निर्विरोध भएकी छन् । इच्छाकामना गाउँपालिकाको वडा नम्बर १ बाट दलित महिलातर्फकी उम्मेदवार दुर्गा सार्की प्रजा निर्विरोध भएकी हुन् ।
निर्वाचन अधिकृत ईश्वर आचार्यले उक्त पदमा एमालेकोतर्फबाट दुर्गाको मात्रै उम्मेदवारी परेको जानकारी दिए । सोही पदमा कालिका नगरपालिकामा २२ वर्षकी चमेली सुनार पनि सर्वसम्मत भएकी छन् । उनी नेपाली कांग्रेसकी उम्मेदवार हुन् ।