logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • राखेप अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले विभिन्न खेलका खेलाडीलाई आर्थिक सहयोग

    राखेप अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले विभिन्न खेलका खेलाडीलाई आर्थिक सहयोग

    4.2K
    Shares

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले विभिन्न खेलका खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ । मंगलबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले एक कार्यक्रमको आयोजना गरेर कोषले मंगलबार ६ जना खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको हो ।

    आर्थिक सहयोग पाउनेमा भलिबल खेलाडी रिया कुँवर, आइटीएफ तेक्वान्दोका दिपक गौतम, करातेकी कोपिला विष्ट, ब्याडमिन्टनकी सिमा राजवंशी, करातेका बिष्णु नेपाली र एथलेटिक्सका जित बहादुर केसी छन ।

    कोषले घुँडाको चोटको उपचार गराईरहेकी रियालाई ६३ हजार ९२९ रुपैयाँ, साल््जर चोट बोकेका दिपकलाई ८७ हजार ९ सय १४ रुपैयाँ र घुँडाको चोट बोकेकी कोपिलालाई ७५ हजार रुपैयाँ, घुँडाकै चोट बोकेकी सिमालाई ८० हजार रुपैयाँ, पक्षघात भएका बिष्णुलाई १ लाख २५ हजार र एथ्लेटिक्सको गन सफा गर्ने क्रममा हातको चोट बोकेका जित बहादुरलाई १ लाख २५ हजार सहयोग प्रदान गरिएको हो ।

    सबै खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंक लाल घिसिङले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन । हस्तान्तरणपछि बोल्दै सदस्य सचिव घिसिङले सबै खेलाडीको स्वास्थ लाभको कामना पनि व्यक्त गरे । कार्यक्रममा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलाडी संघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend