भोजपुर । भोजपुरमा स्थानीय तहको चुनावमा नेकपा एमालेसँग चुनावी तालमेल गर्ने कार्यकर्तालाई नेकपा माओवादी केन्द्रले कारवाही गरेको छ ।
एमालेसँग तालमेल नगर्ने केन्द्रीय नीति विपरीत जिल्लाको दुई नगरपालिकाको वडामा तालमेल गरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको नेकपा माओवादी केन्द्रको भोजपुरका संयोजक नगेन्द्र भुजेलले बताएका छन् ।
कारवाहीमा पर्नेहरुमा भोजपुर नगरपालिका नगरपालिका ११ का आम्तेक मोहनसेन राई, षडानन्द नगरपालिकाको वडा नम्बर ९ का शेखर तामाङ र वडा नम्बर १३ का ओमकुमार श्रेष्ठ रहेका भुजेलले विज्ञप्तिमार्फत जनाएका छन् ।
हेर्नुहोस् विज्ञप्ति