logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • स्थानीय तह निर्वाचनका लागि इलाममा १४ सय ५६ ले गरे उम्मेदवारी दर्ता

    स्थानीय तह निर्वाचनका लागि इलाममा १४ सय ५६ ले गरे उम्मेदवारी दर्ता

    3.5K
    Shares

    इलाम । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि इलाममा १ हजार ४५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाका १० पालिकामा ४२५ जना जनप्रतिनिधि निर्वाचित हुनेमा ३ गुणाभन्दा बढीले उम्मेदवारी दिएका हुन् ।

    इलाममा प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष र ८१ वडाका अध्यक्ष, सदस्य गरी ४२५ जनप्रतिनिधि निर्वाचित हुनेछन् । तर १० पालिकामा प्रमुखरअध्यक्षका लागि ५९, उपप्रमुखरउपाध्यक्षका लागि ४४, वडाध्यक्षका लागि ३३४, खुला सदस्यका लागि ५५२, महिला सदस्यका लागि २५१ र दलित महिला सदस्यका लागि २१६ जनाले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

    इलाम नगरपालिकाको प्रमुखमा ६ जना, उपप्रमुखमा ७ जनासहित २ सयजना, चुलाचुलीका अध्यक्षमा ९, उपाध्यक्षमा ६ सहित १५५, देउमाईका प्रमुख र उपप्रमुखमा ५र५ सहित १३५ र फाकफोकथुमको अध्यक्ष र उपाध्यक्षमा ५/५ सहित १२५ जनाको उम्मेदवारी परेको छ।

    माई नगरपालिकाका प्रमुखमा ९ तथा उपप्रमुखमा ४ जनासहित २०६ जना, माईजोगमाई गाउँपालिकाका अध्यक्षमा ४, उपाध्यक्षमा ३ सहित ७७ जना, माङ्सेबुङको अध्यक्षमा ४ र उपाध्यक्षमा २७९ जना, रोङको अध्यक्षमा ६, उपाध्यक्षमा ४ सहित १०४ जनाको उम्मेदवारी परेको छ। सन्दकपुरका अध्यक्षमा ६, उपाध्यक्षमा ३ सहित ८१ जना र सूर्योदयको प्रमुखरउपप्रमुखमा ५र५ जनासहित २९४ जनाको उम्मेदवारी परेको कार्यालयले जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend