logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नवलपुरमा एक हजार तीन सयको उम्मेदवारी दर्ता

    नवलपुरमा एक हजार तीन सयको उम्मेदवारी दर्ता

    3.5K
    Shares

    नवलपुर । स्थानीय तह निर्वाचनका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा एक हजार ३०० भन्दा बढीको उम्मेदवारी परेको छ । चार वटा नगरपालिका र चार वटा गाउँपालिका रहेको जिल्लामा विभिन्न पदमा गरी कूल एक हजार ३६० को उम्मेदवारी परेको हो ।

    जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाको चारवटा पालिका प्रमुखमा ३४ तथा उपप्रमुखमा २३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै चारवटा गाउँपालिका उपाध्यक्षमा १९ जनाको उम्मेदवारी परेको कार्यालयले जनाएको छ ।

    त्यसैगरी, वडाध्यक्ष पदका लागि ३१७, सदस्यमा ५२२, महिला सदस्यमा २२१, दलित महिला सदस्यमा २०० जनाको उम्मेदवारी परेको छ ।

    जिल्लाका आठ स्थानीय तहका ९२ वटा वडामा ४७६ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । निर्वाचन आयोगले आइतबार र सोमबार उम्मेदवारी मनोनयनका लागि समय तोकेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend