logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • राप्रपाको घोषणापत्र अन्य दलको भन्दा स्मार्ट छ: अध्यक्ष लिङदेन

    राप्रपाको घोषणापत्र अन्य दलको भन्दा स्मार्ट छ: अध्यक्ष लिङदेन

    4.1K
    Shares

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले घोषणापत्र बारे स्पष्ट भएर मतदातासामु जान उम्मेदवारहरुलाई निर्देशन दिएका छन् ।
    पार्टी केन्द्रीय कार्यालयमा मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका उम्मेदवारहरुसँगको भेटमा अध्यक्ष लिङदेनले उच्च मनोवलका साथ चुनावमा होमिन सबैलाई निर्देशन दिए ।

    राप्रपाको घोषणापत्र अन्य दलको भन्दा स्मार्ट रहेको उनको दाबी थियो । लिङदेनले भने, अन्य दलको भन्दा स्मार्ट घोषणापत्र राप्रपाको छ । नसक्ने हावादारी कुरा गरेको छैनौं ।आकाशको तारा झार्ने कुरा गरेका छैनौं । यथार्थपरक, गर्न सकिने र विगतमा चुनाव जितेका स्थानीय तहमा प्रयोग गरेको र अनुभवका आधारमा तयार पारिएको घोषणापत्र छ राप्रपाको ।

    भ्रष्टाचार र बेइमानी गर्दिन भन्ने मानसिकता अहिलेबाटै बनाउन निर्देशन दिँदै उनले भने, राप्रपाले भ्रष्टाचारको जरैदेखि अन्त्य गर्न चाहन्छ भन्ने कुरा मतदातालाई विश्वास दिलाउने उनले बताए ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend