logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • स्याङ्जामा एक हजार ५४७ जनाको उम्मेदवारी

    स्याङ्जामा एक हजार ५४७ जनाको उम्मेदवारी

    4K
    Shares

    स्याङ्जा । स्थानीय तहको निर्वाचनका लागि स्याङ्जामा एक हजार ५४७ को उम्मेदवारी परेको छ । पाँच नगरपालिका र छ गाउँपालिका गरी ११ पालिका रहेको स्याङ्जामा कूल ५०७ जनाका लागि एक हजार ५४७ को उम्मेदवारी परेको हो ।

    मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलका अनुसार पालिका प्रमुख/अध्यक्षमा ६७ जना, उपप्रमुख/उपाध्यक्षमा ५० जना, वडाध्यक्षमा ३५१ जना, खुला सदस्यमा ५८० जना, महिला सदस्यमा २६५ जना र दलित महिला सदस्यमा २६५ जना गरी कूल एक हजार ५४७ को उम्मेदवारी परेको हो । जिल्लामा सबैभन्दा धेरै पुतलीबजार नगरपालिकामा २६० जनाले उम्मेदवारी दिएका छन् भने सबैभन्दा थोरै फेदीखोला गाउँपालिकामा ७४ जनाको उम्मेदवारी परेको छ ।

    त्यसैगरी वालिङ नगरपालिकामा २५२ जना, चापाकोट नगरपालिकामा १८७ जना, गल्याङ नगरपालिकामा १६८ जना, भीरकोट नगरपालिकामा १४७ जनाको उम्मेदवारी परेको छ भने गाउँपालिकातर्फ बिरुवा गाउँपालिकामा १२० जना, आँधीखोला गाउँपालिकामा ९४ जना, अर्जुनचौपारी गाउँपालिकामा ८४ जना, हरिनास गाउँपालिकामा ८३ जना, कालीगण्डकी गाउँपालिकामा ७८ जनाले उम्मेदवारी दिएका मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।

    पालिकाको प्रमुखमा सबैभन्दा धेरै पुतलीबजार र गल्याङ नगरपालिकामा नौ/नौ जनाको उम्मेदवारी परेको छ भने सबैभन्दा थोरै बिरुवा र हरिनास गाउँपालिकामा चार/चार जना रहेका छन् । त्यस्तै उपप्रमुखमा पुतलीबजार र गल्याङ नगरपालिकामा सात/सात जना छन् भने थोरै हरिनास र कालीगण्डकी गाउँपालिकामा दुई/दुई जना छन् ।

     

    त्यस्तै वडाध्यक्षमा सबैभन्दा धेरै पुतलीबजार नगरपालिकामा ६० जना र थोरै कालीगण्डकी गाउँपालिकामा १५ जना छन् । खुला सदस्यमा सबैभन्दा धेरै पुतलीबजारमा १०३ जना र थोरै फेदीखोलामा २६ जना छन् । महिला सदस्य वालिङ नगरपालिका र पुतलीबजारमा ४५/४५ जना छन् भने फेदीखोलामा ११ जनाको उम्मेदवारी परेको छ । दलित महिला सदस्यमा सबैभन्दा धेरै वालिङ नगरपालिकामा ४३ जना छन् भने थोरै फेदीखोलामा ११ जना रहेका छन् ।

    पाँच नगरपालिका र छ गाउँपालिका गरी ११ पालिकामा ९७ वडा रहेका छन् । वालिङ र पुतलीबजार नगरपालिकामा १४/१४, गल्याङ नगरपालिकामा ११, चापाकोट नगरपालिकामा १०, भीरकोट नगरपालिकामा नौ वडा रहेका छन् । त्यसैगरी बिरुवा गाउँपालिकामा आठ, कालीगण्डकी गाउँपालिकामा सात, हरिनास गाउँपालिकामा सात, अर्जुनचौपारी गाउँपालिकामा छ, आँधीखोला गाउँपालिकामा छ, फेदीखोला गाउँपालिकामा पाँच वडा रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend