काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९८ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै तेजावी सुनको मूल्य ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य १३ सय २० रुपैयाँ कायम भएको छ ।
बुधबार तेजावी सुन ९८ हजार ५ सय र चाँदी १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।