logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • हुम्लामा एकीकृत समाजवादी र नेकपा एमालेबीच चुनावी तालमेल

    हुम्लामा एकीकृत समाजवादी र नेकपा एमालेबीच चुनावी तालमेल

    4.3K
    Shares

    हुम्ला । नेकपा एकीकृत समाजवादीलाई राजनीतिक दलको हैसियत दिनसमेत तयार नभएको नेकपा एमालेले हुम्लामा भने सोही पार्टीसँग चुनावी तालमेल गरेको छ । आफैँबाट फुटेर गएको समाजवादीलाई चंखेली गाउँपालिकाको उपाध्यक्ष दिएर एमालेले अध्यक्षमा उम्मेदवारी हालेको हो ।

    सत्ता गठबन्धनमा रहेको समाजवादी काँग्रेस र माओवादीसँग तालमेल गर्न चाहन्थ्यो । तर, तीन पार्टीबीच भागबण्डामा कुरो नमिल्दा समाजवादी एमालेसँग हात मिलाउन गएको हो । काठमाडौँमा अध्यक्ष केपी ओलीले पाँचदलीय गठबन्धनविरुद्ध एक्लै चुनाव लड्ने हुङ्कार दिइरहेका बेला चंखेलीका एमालेले एक सिट सुरक्षित गर्न समाजवादीलाई स्वागत गरेका हुन् ।

    सहमतिअनुसार गाउँपालिकाको अध्यक्षमा एमालेकी बिमलाकुमार शाही र उपाध्यक्षमा एकीकृत समाजवादी पार्टीबाट प्रेमकला शाहीले उम्मेदवारी दिएका छन् ।

    चंखेलीमा माओवादी र कांग्रेसले पनि तालमेल गरेका छन् । माओवादीबाट गोविन्दबहादुर शाही अध्यक्ष र कांग्रेसबाट मैना बुढा उपाध्यक्षको उम्मेदवार छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend