काठमाडौं । राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौडेलले पार्टी परित्याग गरेका छन् । अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै उनले बुधबार राजीनामा पत्र बुझाएका हुन् ।
उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् । राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्यूँताएपछि पौडेल उक्त पार्टीको उपाध्यक्षमा मनोनीत भएका थिए ।