logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • गभर्नर अधिकारीको रिट आज पनि हेर्दाहेर्दैमा

    गभर्नर अधिकारीको रिट आज पनि हेर्दाहेर्दैमा

    4.5K
    Shares

    काठमाडौं । सरकारले थालेको छानबिन रोक्न माग गर्दै गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ । बिहीबारको सुनुवाइ नसकिएपछि उक्त रिट फेरि पनि हेर्दाहेर्दैमा राखिएको हो ।

    यसअघि वैशाख १३ गते सुनुवाइको मिति तोकिएकामा उक्त दिन पनि सुनुवाइ नसकिएको भन्दै उक्त रिटलाई हेर्दाहेर्दैमा राखिएको थियो । त्यसपछि बिहीबार पेशीमा चढेको उक्त रिटको सुनुवाइ नसकिएपछि शुक्रबारका लागि पेशीमा राख्ने गरी हेर्दाहेर्दैमा राखिएको हो ।

    गत चैत २४ गते सरकारले गभर्नर अधिकारीमाथि कार्यक्षमताको अभाव र बैंकिङ सूचना चुहाएको भन्दै छानबिन गर्ने निर्णय गरेको थियो । त्यसका लागि सरकारले छानबिन समिति बनाएसँगै उनी निलम्बनमा परेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend