काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र बहिर्गमित जनमुक्ति सेना, नेपालबीच पार्टी एकता हुने भएको छ । आज एकीकृत समाजवादीको कार्यालयमा दिउँसो १ बजे पार्टी एकीकरण कार्यक्रम हुन लागेको हो ।
स्थानीय तह निर्वाचन नजिकिएसँगै विभिन्न स–साना पार्टीहरू ठूला पार्टीहरूमा गाभिने क्रम चलिरहेको छ ।
उक्त कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्नेछन् ।