१६ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो तीन सय ५० ग्राम सुनसहित ५ जनालाई पक्राउ परेका छन्।
सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रा लि मार्फत हिमालय एयरलाइन्सको विमान सफा कर्मचारीले ‘विमानको शौचालयमा लुकाएर सुन तस्करी गर्न खोजेको पाइएपछि सफाई कर्मचारीसहित पाँच जना पक्राउ परेको विमानस्थल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)भीमप्रसाद ढकालले सुनौलो नेपाललाई जानकारी दिए ।’
पक्राउ पर्नेमा कर्मचारी सुमन तामाङ, भीम अवाले र सुपरभाइजर तारकान्त चौधरी छन् । तिनै जना विमान सफा गर्ने सुनगाभा कम्पनीका कर्मचारी हुन् ।
एसएसपी ढकालका अनुसार उनीहरुले हिमालय एयलाइन्सको विमानमा शौचालयमा लुकाइएको सुन पास गराउन खोजेका थिए । तर चेकजाँचका उनीहरु पक्राउ परेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तस्करीको दुई किलो तीन सय ५० ग्राम सुनसहित ५ जनालाई पक्राउ गरेपछि फेरी तस्करहरुले संगठित रुपमा सुन तस्करी गर्न थालेको एसएसपी ढकालको सक्रियतापछि पर्दाफास भएको छ ।
साढे ३३ किलो सुन तस्करी प्रकरण पछि यसरी संगठित रुपमा सुन तस्करी भएको भटिएको थिएन । तर ढकाल कार्यकालमा फेरी ठुलो तस्करीको पर्दाफास भएको छ।