logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • लमजुङको अधिकांश स्थानीय तहका प्रमुखमा पुरानै अनुहार

    लमजुङको अधिकांश स्थानीय तहका प्रमुखमा पुरानै अनुहार

    3.7K
    Shares

    काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा लमजुङमा दोहोरिने उम्मेदवार धेरै छन् । लमजुङका ८ स्थानीय तहमध्ये ४ वटा स्थानीय तहका प्रमुखले पुनः उम्मेदवारी दर्ता गराएका हुन् । लमजुङको सदरमुकाम बेसीशहर नगरपालिकाको प्रमुखमा एमालेले प्रमुखमा गुमानसिंह अर्याललाई दोहो¥यााएको छ ।

    एमालेले राइनास नगरपालिका प्रमुखमा एमालेकै सिंहबहादुर थापा र मस्र्याङदी गाउँपालिकामा एमालेका अर्जुन गुरुङले अध्यक्ष पद लागि उम्मेदवारी दिएका छन् । मध्यनेपाल नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका रमेशकुमार पाण्डले पुनः उम्मेदवारी दर्ता गराएका छन् ।

    काँग्रेसले गुमानसिंह अर्यालविरुद्ध बेसीशहर नगरपालिकाको प्रमुखमा श्रीकान्त घिमिरेलाई उठाएको छ । यस्तै राइनासमा एमालेका सिंह बहादुरविरुद्ध काँग्रेसका खड्कबहादुर गुरुङ, मध्यनेपालमा काँग्रेसका रमेशकुमारविरुद्ध एमालेका राजकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । मस्र्याङ्दीमा एमालेका अर्जुनविरुद्ध काँग्रेसका लोकनाथ घिमिरे चुनावी मैदानमा छन् ।

    सुन्दरबजार नगरपालिकामा एमालेबाट भीमबहादुर गुरुङ र काँग्रेसबाट कृष्णप्रसाद कोइराला प्रमुख पदका लागि चुनावी मैदानमा छन् । दोर्दी गाउँपालिकामा एमालेका युवराज अधिकारी र माओवादी केन्द्रका लालबहादुर गुरुङ चुनावी मैदानमा छन् । क्वहोलासोंथरमा एमालेका सूर्यप्रसाद गुरुङ र काँग्रेसका टेकबहादुर गुरुङबिच प्रतिस्पर्धा हुनेछ । अध्यक्षका लागि दूधपोखरीमा एमालेका तेजबहादुर गुरुङ र काँग्रेसका धनप्रसाद गुरुङ चुनावी मैदानमा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend