logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रतिस्पर्धीले उम्मेदवारी फिर्ता लिएपछि हुम्लामा चार वडा अध्यक्ष र एक सदस्य निर्विरोध निर्वाचित

    प्रतिस्पर्धीले उम्मेदवारी फिर्ता लिएपछि हुम्लामा चार वडा अध्यक्ष र एक सदस्य निर्विरोध निर्वाचित

    4.1K
    Shares

    सिमकोट । हुम्लाका ४४ मध्य चार वडामा वडा अध्यक्ष र एक जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले तोकेको मनोनयन फिर्ता लिने अन्तिम दिन प्रतिस्पर्धी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि पाँचै जना निर्विरोध रूपमा निर्वाचित भएका हुन् ।

    मुुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले चार जना वडा अध्यक्ष र एक जना सदस्य निर्विरोध निर्वाचित भएको बताएका छन् ।

    निर्विरोध निर्वाचित हुनेमा सिमकोट गाउँपालिका– १ का वडा अध्यक्ष गोर्ख लामा, ४ का प्रताप लामा,नाम्खा गाउँपालिका– ६ का वडा अध्यक्ष पाल्जोर तामाङ र खार्पुनाथ गाउँपालिका–४ का वडा अध्यक्षमा रंगमती शाही रहेको मुख्य निर्वाचन अधिकृृतको कार्यालयले जनाएको छ।

    त्यसैगरी, खार्पुनाथ गाउँपालिका–४ की दलित महिला सदस्य दन्ता कामी पनि निर्विरोध निर्वाचित भएकी छन्। निर्विरोध निर्वाचित वडा अध्यक्ष मध्य सिमकोट–४ र खार्पुनाथ –४ का उम्मेदवारका प्रतिष्पर्धिले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए भने सिमकोट–१ र नाम्खा–६ मा भने एकल उम्मेदवारी परेको थियो।

    निर्वाचित चार उम्मेदावार मध्य तीन जना नेपाली काँग्रेसका उम्मेदवार हुन् भने नाम्खा–६ तामाङ स्वतन्त्र उम्मेदवार हुन्।

    त्यसैगरी, महिला सदस्य कामी पनि नेपाली काँग्रेसकी उम्मेदवार हुुन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend