१८ वैशाख, काठमाडौं । नेपाल प्रहरीको महानिरिक्षकमा विश्वराज पोखरेल बन्ने पक्का भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी मन्त्रीपरिषदको बैठकमा गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई प्रहरी प्रमुखमा बढुवा गर्न प्रस्ताव गरेको छ ।
गृहले एक नम्बर वरियतामा रहेका पोखरेललाई आईजीपीमा नियुक्त गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लागेको छ ।
चुनावको मुखैमा वरियता मिच्दा बिबाद हुने भएकोले गृहमन्त्री बालकृष्ण खाँण वरियताक्रम अनुसार नै आईजीपी नियुक्त गर्नुपर्ने भन्दै विश्वराज पोखरेल नै आइजीपी बनाउने प्रस्ताव अगाडी बढाएका छन् ।
जारी मन्त्रीपरिषदको बैठकबाट नेपाल प्रहरी र सशत्र प्रहरीको आइजीपी नियुक्ति हुदैछन । दुवै संगठनको नेतृत्व आजबाट अनिवार्य अवकाशमा जान लागेकोले सरकारले आइजीपीबारे निर्णय गर्न लागेको हो ।
नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरू र सशस्त्र प्रहरी बलका आईजीपी पुष्पराम केसी आजबाट अनिवार्य अवकाशमा जाँदै छन् ।