logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • गठबन्धन नभएका ठाउँमा पनि मैत्रीपुर्ण समझदारी गर्न गठबन्धनको निर्देशन

    गठबन्धन नभएका ठाउँमा पनि मैत्रीपुर्ण समझदारी गर्न गठबन्धनको निर्देशन

    1.4K
    Shares

    काठमाडौं । सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले चुनावी तालमेल भएका तर उम्मेदवारी फिर्ता नभएका ठाउँमा पनि समझदारी गर्न निर्देशन दिएको छ । शुक्रबार अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता लिने समय थियो । यो समयभित्र उम्मेदवारी फिर्ता नभएका ठाउँमा समझदारी गरी अघि बढ्न सत्तागठबन्धनले आज निर्देशन दिएको हो ।

    कतिपय ठाउँमा केन्द्रले हस्तक्षेप गर्दै उम्मेदवारी फिर्ता लिएको पत्र पठाए पनि शुक्रबार ५ बजेपछि मात्रै पत्र पुग्दा उम्मेदवारी कायमै थियो । आज बालुवाटारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको चुनावी तयारी तथा अनुगमन समिति बैठकले सहमतिअनुसार उम्मेदवारी फिर्ता लिन मातहत निकायलाई निर्देश गर्ने निर्णय गरेको छ ।

    ‘गठबन्धनको मर्म र भावनाअनुसार आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने। यो निर्णय पालना नगर्नेलाई आ–आफ्नो दलले कारबाही गर्ने निर्णय गर्ने,’ सहमतिको बुँदामा उल्लेख छ ।

    समय अभावले उम्मेदवारी फिर्ता नलिएको भए त्यस्ता ठाउँमा फिर्ता लिएको घोषणा गर्न पनि निर्देशन दिनेसमेत सहमति भएको छ ।

    ‘पाँचदलीय गठबन्धनमा समझदारी भएको तर समझदारीअनुसार उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरूमा समझदारीअनुसार कार्य गर्न÷गराउन आ–आफ्नो दलले आ–आफ्ना मातहतका निकायहरूसँग निर्देशन दिने निर्णय भएको छ,।’ सहमति पत्रमा भनिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend