logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • निर्वाचन आचारसहिंता पालना गर्न दलहरुलाई चितवन एसपी अधिकारीको आग्रह

    निर्वाचन आचारसहिंता पालना गर्न दलहरुलाई चितवन एसपी अधिकारीको आग्रह

    3.9K
    Shares

    चितवन । जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले सफल राजनितिक चरित्र निभाउन चितवनका सम्पुर्ण राजनितिक दललाई आग्रह गरेका छन् ।

    सुनौलो नेपालसँगको कुराकानीमा एसपी अधिकारीले राजनितिक दलले आफ्नो उम्मेदवारलाई निर्वाचित गराउन घरदैलो कार्यक्रम गरिरहेका बेलामा हुन सक्ने सम्भावित घटना रोक्नका लागि प्रहरी प्रमखु अधिकारीले राजनितीक दललाई सचेत गराएका हुन् ।

    ‘राज्य सञ्चालन गर्न बस्नुभएका सवैजना जिम्मेवार भएर आचारसहिंता पालना गरेर निर्वाचन सम्पन्न गराउन प्रहरी, निर्वाचन आयोग तथा जिल्ला प्रशासनलाई सहयोग गर्नुहन्छ भन्नेमा म आशावादी छु ।’ उनले भने ।

    चितवनको भरतपुर महानगरपािलकाको निर्वाचन देशकै चासोको विषय बनेको छ । यो निर्वाचनलाई भएरहित बनाउन १६९१ म्यादि प्रहरी सहित जिल्लाका सवै प्रहरी निरनतर लागिरहेको उनले बताए ।

    राजनितीक दलको सभा हुने स्थान, उम्मेदवारको घर तथा निर्वाचन कार्यालय लगाएतका ठाउँमा प्रहरी खटाएको उनको भनाई छ ।


    सगुन चपाँई
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend