काठमाडौं । विश्वव्यापी रुपमा वेबसाइटहरुको मापन गर्ने प्लेटफर्म ‘एलेक्सा’ बन्द भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन अर्थात् मे एक तारिखबाट अमेजनले आफ्नो सहायक कम्पनी एलेक्सा बन्द गरेको हो ।
एलेक्जा विगत २५ वर्षदेखि सञ्चालनमा थियो । जसले वेबसाइटमा आउने ट्राफिक डेटाका आधारमा वेबसाइटहरुको मापन गर्दै आएको थियो । त्यसैका आधारमा कुन देशमा कुन वेबसाइट कति औं नम्बरमा छ ? विश्वमा कति स्थानमा छ भन्ने जानकारी लिन सकिन्थ्यो ।
त्यतिमात्रै नभएर यसले कुनैपनि वेबसाइटको एसईओ, अन्य प्रतिस्पर्धी कम्पनीको वेबसाइटको एनालिटिक डेटा समेत उपलब्ध गराउँदै आएको थियो ।
अमेजनले भनेको छ, ‘दुई दशकभन्दा बढी तपाईंहरुलाई सेवा दिन पाउनु एक महत्वपूर्ण अवसर थियो । हामीलाई सामग्री अनुसन्धान, प्रतिस्पर्धी विश्लेषण, किवर्ड अनुसन्धान र अन्य धेरैको लागि तपाईंको स्रोत बनाउनु भएकोमा धन्यवाद ।’