काठमाडौं । सरकारले धिरज प्रताप सिंहलाई २९ औँ प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेसँगै उनका प्रतिस्पर्धी दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बिदामा बसेका छन् । आईजीपीको प्रतिस्पर्धामा रहेका एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाले लामो बिदा लिएका हुन् ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेको थाहा पाएपछि दुवैले पेस गरेका थिए ।
अवकाशमा जानुअघि निवर्तमान आईजीपी शैलेश थापा क्षेत्रीले उनीहरूको बिदा स्वीकृत गरेका छन् । प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतका अनुसार वरीयताको एक नम्बरमा रहेका एआईजी पोखरेलले १ महिना लामो बिदा लिएका छन् । सहकुल थापाले १० दिनेको घरबिदा लिएका छन् ।