logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मन्त्रालयको नब्बे प्रतिशत काम विद्युतीय प्रणालीमार्फत सम्पन्न गर्छ: बैकण्ठ अर्याल

    मन्त्रालयको नब्बे प्रतिशत काम विद्युतीय प्रणालीमार्फत सम्पन्न गर्छ: बैकण्ठ अर्याल

    3.7K
    Shares

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकण्ठ अर्यालले आफ्नो मन्त्रालयको नब्बे प्रतिशत काम विद्युतीय प्रणालीमार्फत् सम्पन्न गर्ने बताएका छन् । सचिव अर्यालले आफ्नो मन्त्रालय र त्यस अन्तरगतका निकायहरुको कामलाई विद्युतीय प्रणालीमार्फत् नै सम्पन्न हुनेगरी मन्त्रालयले कार्यालय व्यवस्थापन प्रणाली तयार गरिसकेको पनि बताए ।

    प्रविधि पत्रकार मञ्चले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो प्रणाली अन्य मन्त्रालयहरुमा पनि तत्काल विस्तार गर्दै लैजाने योजना सार्वजनिक गरे । उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सो प्रणाली जडान गर्ने काम सुरु गरिएको र त्यसलाई अन्य मन्त्रालय र निकायहरुमा विस्तार गर्न आवश्यक तालिमको प्रारुप पनि तय गरिएको बताए । सचिव अर्यालले सूचना र प्रविधिमा सबै नागरिकको पहुँच विकास गर्न सरकारले पूर्वाधार विकासमा जोड दिएको पनि दोहो¥याए ।

    सचिव अर्यालले सूचना, प्रविधि क्षेत्रको विकासका लागि निजी क्षेत्रको सहकार्य अति जरुरी रहेको समेत दोहो¥याए । उनले सरकारले जनताको सेवा प्रवाहको कामलाई सहज बनाउन नै सूचना प्रविधिको विकासमा ध्यान केन्द्रित गरेको स्पष्ट पारे ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend