logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नेप्से परिसूचक ४८.७३ अंकले गिरावट

    नेप्से परिसूचक ४८.७३ अंकले गिरावट

    4K
    Shares

     

    काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब ५० अंकले गिरावट आएको छ । सोमबार शेयर बजार मापक नेप्से परिसूचक ४८.७३ अंक घटेर २३०७.४४ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६१ अंकले गिरावट आएको छ ।

    सोमबार कारोबारमा आएका २२८ कम्पनीको ३९ लाख ७८ हजार कित्ता शेयर १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

    नेप्सेका १३ वटै उपसमूहको परिसूचक गिरावट आएको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.२४ प्रतिशत घटेको छ । त्यस्तै, विकास बैंक, अन्य, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेका छन् । जीवन बीमा, लगानी, निर्जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

    सोमबार नेप्से परिसूचक ओरालो लागेपनि जाल्पा लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य २ प्रतिशत बढेको छ । तर यता नेपाल फाइनान्सको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

    कारोबार रकमका आधारमा ४ करोड ७३ लाख ५६ हजार रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री गरेर अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। हिमालयन डिष्टिलरी र नेपाल फाइनान्सको ४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend