logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • राहुल गान्धी मध्यरातमा ठमेलको एलओडी क्लबमा

    राहुल गान्धी मध्यरातमा ठमेलको एलओडी क्लबमा

    5.3K
    Shares

    काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका नेता एवं पूर्वअध्यक्ष राहुल गान्धी सोमबार नेपाल आइपुगेका छन्। एक साथीको विवाहमा सहभागी हुन नेपाल आएका राहुल सोमबार राति ठमेलको एलओडी क्लब पुगेका हुन् ।

    सोमबार मध्यरातमा केही साथीसहित राहुल क्लबमा पुगेका हुन्। उनको साथमा २५ जना बढी साथीहरु थिए। क्लब स्रोतका अनुसार क्लबमा केही घण्टा बसेका थिए।

    सोमबार दिउँसो राहुल भिस्तारा एयरलाइन्सको विमानबाट काठमाडौं आइपुगेका हुन्। उनी साथी उम्निमा उदासको विवाहमा नेपाल आएको बताइएको छ।

    पूर्वराजदूत भीम उदासकी छोरी सुम्‍निमा सिएनएनकी पूर्वपत्रकार समेत हुन्। सुम्निमाको विवाहमा आएका गान्धीले पाँच दिन नेपालमा बिताउने बताइएको छ।

    रारा र मुस्ताङ पुगेर उनी शुक्रबार स्वदेश फर्किने तालिका रहेको छ। राहुल व्यक्तिगत भ्रमणका लागि नेपाल आएका हुन्। उनी यसअघि २०७५ साल भदौ १५ गते नेपाल आएका थिए। नेपाल हुँदै त्यो समयमा उनी कैलाश मानसरोवर गएका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend