logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • राखेपका पुर्व सदस्य खड्का एमालेमा प्रवेश, पार्टी अध्यक्ष ओलीले गरे स्वागत

    राखेपका पुर्व सदस्य खड्का एमालेमा प्रवेश, पार्टी अध्यक्ष ओलीले गरे स्वागत

    4.8K
    Shares

     

    ललितपुर । ललितपुर महानगरपालिका वडानम्बर १८ का युवा नेता एमालेमा प्रवेश गरेका छन् । नेपाली काग्रेस तरुण दलका पुर्व क्षेत्रीय सभापति निरन खड्का एमालेमा प्रवेश गरेका छन् । ललितपुर महानगरपालिका–१८ निवासी खड्का दशक लामो खेलकुदमा आबद्ध भएका थिए । राष्ट्रिय खेलकुल परिषद्का पुर्व सदस्य रहेका खड्का ताइक्वान्डोको मार्शल आर्ट हुन् । नेपाल मार्शल आर्ट्स महसंघका पुर्वअध्यक्ष, भैसेपाटीको ओम ताइक्वान्दो डोजाङका संस्थापक अध्यक्ष रहेमा उनि ६ डान छन् ।

    उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वालकोटमा पार्टी प्रवेश गराएका थिए । ललितपुरको राजनीतिमा ख्याति कमाउनु भएका नेता पार्टीको महाअधिवेबन प्रतिनिधि, ०५८ देखि ०६२/०६३ को जनआन्दोलन सम्म ६ वर्ष तत्कालिन सैबुगाउँ कमिटि तरुणदलको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

    पार्टीमा प्रवेश गराउदै एमाले अध्यक्ष ओलीले स्थानीय निर्वाचनमा एमालेका उम्मेद्दारलाई विजयी गराउन लाग्नुपर्ने बताए । उनले भने–तपाईलाई पार्टीले उचित जिम्मेवारी दिनेछ । अहिलेको अवस्थामा तपाईको भुमिका महत्वपुर्ण रहनेछ ।

    उनले एमालेको नीति र सिद्धान्त मन परेको कारण पार्टी प्रवेश गरेको बताए । पार्टी प्रवेश कार्यक्रममा एमाले पोटिटब्युरो सदस्य एवं ललितपुर जिल्ला इन्चार्ज शुशिला नेपाल, पार्टी केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख विष्णु रिजाल, केन्द्रीय सदस्य वावुराम थापा, प्रदेश सांसद एवं पुर्व प्रदेशमन्त्री जीवन खड्का एमाले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यको उपस्थिति रहेको थियो । खड्का एमाले प्रवेश गर्नु अघि जिल्लाका उच्च नेतृत्वसंग छलफल गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend