logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • न्याय माग्दै १० फुटबल खेलाडी राखेप र खेलकुद मन्त्रालयमा

    न्याय माग्दै १० फुटबल खेलाडी राखेप र खेलकुद मन्त्रालयमा

    4.1K
    Shares

    काठमाडौं । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको दव्र्यवहारका कारण राष्ट्रिय टोलीको क्याम्प छाडेको भन्दै आएका १० खेलाडीले आफूहरुलाई न्याय दिन राष्ट्रिय खेलकुद परिषद (राखेप) र युवा तथा खेलकुद मन्त्रालयमा अनुरोध गरेका छन् ।

    सोमबार खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँग भेटेर आफ्ना कुरा राखेका खेलाडीले आज राखेप सदस्यसचिव टंकलाल घिसिङसँग भेट्दैछन् ।

    अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्वले विवाद समाधानका लागि परिणाममुखी प्रयास नगरेकोमा चिन्तित भएको भन्दै खेलाडीहरुले मातहतका उपल्ला निकायमा प्रष्टीकरण दिन थालेका छन् ।

    राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सुविधाको माग राख्दा कतार फुटबल फेडेरेसनको सहयोगमा नेपाल आएका कुवेती प्रशिक्षकले क्याम्प छाडेर जान भनेको आरोप खेलाडीको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend