logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • पाउमा पैसा राखेर भोट माग्ने काङ्ग्रेसका उम्मेदवारलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

    पाउमा पैसा राखेर भोट माग्ने काङ्ग्रेसका उम्मेदवारलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

    3.7K
    Shares

    काठमाडौं । मेलम्ची नगरपालिका वडा नम्बर १० नेपाली काङ्ग्रेसबाट वडाध्यक्षको उम्मेदवारी दिएका अमृत खनाललाई निर्वाचन आयोगए २४ घण्टे स्पस्टिकरण सोधेको छ ।

    मतदाताको पाउमा हजारको नोट राख्दै ढोगेर भोट मागेको तस्बिर मिडियामा भाईरल भएपछि निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

    निर्वाचन आयोगले सोधेको स्पष्टिकरणमा भनिएको छ ‘तपाईंले मतदाताको पाउमा हजारको नोट राखेर भोट माग्दै गरेको फोटोसहितको समाचार सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट जानकारी हुन आएकाले सो कार्य भएको हो होइन ? निर्वाचन आचारसंहिता, २०७८ मा मतदातालाई प्रभाव पार्ने गरी कुनै किसिमको गतिविधि गर्न नपाइने भन्ने व्यवस्था रहेकाले त्यस्तो कार्य तत्काल रोक्न निर्देशन दिइएको छ ।’

    आयोगले वडाध्यक्षका उम्मेदवार खनाललाई आधार प्रमाणसहित स्पष्टीकरण पेस गर्न भनेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend