२०८१ मंसिर ७ शुक्रबार
सुर्खेत । सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा उपमेयरको उम्मेदवार बनेका नेपाली काँग्रेसका निवर्तमान सदस्य दीपेन्द्र विष्टलाई पार्टीबाट निष्कासन गरिएको छ । सल्यान काँग्रेसले उनलाई पार्टीको नीति, विधि विपरीत गतिविधि गरेको भन्दै कारबाही गरेको हो ।