logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • गलत नेताको हातमा देश सुम्पिदा बर्वाद भयो, अब मतदाताले सच्याउनुपर्छ: अध्यक्ष लिङ्देन

    गलत नेताको हातमा देश सुम्पिदा बर्वाद भयो, अब मतदाताले सच्याउनुपर्छ: अध्यक्ष लिङ्देन

    2.9K
    Shares

    झापा । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गलत नेताको हातमा देश सुम्पिदा बर्वाद भएको भन्दै अब मतदाताले त्यस्तो गल्ती सच्याउनु पर्ने बताएका छन् । राप्रपाले झापाको मेचीनगरमा आयोजना गरेको निर्वाचन विशेष कार्यक्रममा अध्यक्ष लिङ्देनले नेताकै कारण देश बिग्रेको भन्दै अब मतदाताले उनीहरुलाई भोट नदिई पहिलाको गल्ती सच्याउनु पर्ने दिन आएको बताएका हुन् ।

    उनले अहिलेसम्म शासनसत्ता कांग्रेस र कम्युनिष्टहरुले चलाएकै कारण मुलुकको दूर्गती भएको उल्लेख गर्दै आसन्न निर्वाचनमा ख्याल राखेर मात्र मत दिन आग्रहसमेत गरेका छन् । यसका साथै अध्यक्ष लिङ्देनले चुनावमा जनताले राम्रो दल र असल नेता नचुनेसम्म देश र जनता दुवैले दुःख पाइरहने पनि बताएका छन् ।

    उनले भनेका छन्, ‘जबसम्म जनताले राम्रो पार्टी र असल नेता चुन्दैनन्, तबसम्म देशमा बेरोजगारी, गरिबी र अभावबाट जनताले मुक्ती पाउन सक्दैनन् ।’ त्यस्तै मुलुकलाई थप असफल राष्ट्र बन्नबाट जोगाउनका लागि कांग्रेस, एमाले, माओवादी र मधेसवादीको विकल्प खोज्न जरुरी रहेको उनको भनाइ छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend