logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • मतदातालाई बाढ्न लागेको आशंकामा प्रहरीले नियन्त्रणमा लियो पाइप, बैशाख ३० पछि फिर्ता दिने

    मतदातालाई बाढ्न लागेको आशंकामा प्रहरीले नियन्त्रणमा लियो पाइप, बैशाख ३० पछि फिर्ता दिने

    4.7K
    Shares

     

    खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा वितरणका लागि लगिएको पाइप प्रहरीले नियन्त्रणमा लिएको छ । वडा कार्यालयको चालु आर्थिक वर्षको बजेटबाट दिक्तेलबजारमा खरिद गरिएको खानेपानीको पाइप वडा कार्यालय लैजाने क्रममा प्रहरीले बाटैबाट नियन्त्रणमा लिएको हो ।

    एमालेले मतदाता प्रभावित पार्ने उदेश्यले खानेपानीको पाइप बाँड्न लागेको भन्ने सूचनाको आधारमा प्रहरीले १६ क्वाइल पाइप नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको पाइप हाल प्रहरी चौकी खानीडाँडामा राखेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । यो पाइप अब ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनपछि फिर्ता दिने प्रहरीले जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend