logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • भरतपुरको डुबेको सभास्थलको पानी फाल्न कार्यकर्तालाई भ्याईनभ्याई (फोटोफिचर)

    भरतपुरको डुबेको सभास्थलको पानी फाल्न कार्यकर्तालाई भ्याईनभ्याई (फोटोफिचर)

    5.8K
    Shares

    चितवन । आज हुने गठबन्धनको चुनावी सभाका लागि तयार पारेको मञ्चलाई पानीले असर पारेपछि विहानैदेखि सभास्थलको पानी फाल्ने क्रम जारी छ । अहिले ग्राउण्डको पानी भ्याकुम लगाएर तानिएको छ भने भिजेको मञ्च पनि पुनः तयार पारिदै छ ।

    सत्ता गठबन्धनले आज चितवनको भरतपुरमा चुनावी आमसभा गर्दैछ । आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरेर गठबन्धनले चुनावी सभाको आयोजना गरेको हो । चुनावी सभालाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।

    सभामा सहभागी हुन प्रधानमन्त्री देउवा र नेता पौडेल बुधवार नै चितवन पुगीसकेका छन् । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादीकी रेणु दाहाल मेयरको उम्मेदवार छन् भने उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी छन् ।

    त्यस्तै नेकपा एमालेको तर्फबाट मेयरमा विजय सुवेदी उम्मेदवार छन् । भने नेपाली कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवार पौडेललाई फकाउन कांग्रेसका शिर्ष नेताहरु हिजो नै चितवन पुगेको बताईएको छ ।

    फोटो – सगुन चपाई/सुनौलो नेपाल

     


    सगुन चपाँई
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend